सूचनाको शक्ति - The Power Of Information

        

१६.५५ अंकले घट्यो सेयर, ९ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन सेयर बजार मापन परिसूचक (नेप्से) १६.५५ अंकले घटेर २३ सय २५ दशमलव २९ विन्दु झरेको छ ।

बिहीबार २ सय १८ कम्पनीको २ करोड १६ लाख ८५ हजार ५ सय ६५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६१ करोड ३० लाख ४२ हजार १ सय ६२ रुपैयाँको कारोबार भएको छ ।

यसदिन सूर्योदय लघुवित्त वित्तिय संस्था र सिद्धार्थ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी कमाए भने सिद्धार्थ इक्युटी फन्टका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

यसदिन नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी रकम कारोबार भएको छ । इन्स्योरेन्सले बिहीबार मात्र ५६ करोड ६३ लाख ९८ हजार ९ सय ९१ रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार १५:५३