काठमाडौं । अदालतको अवहेलनाविरूद्ध परेका सबै रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।
न्यायाधीश मनोज शर्माको इजलासमा सुनुवाइ भइरहेको हो । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधिन रहेका बेला त्यसलाई प्रभाव पार्न खोजेको भन्दै प्रधानमन्त्री, चारपूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई विपक्षी बनाएर रिट हालिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीकाविरूद्ध मुद्दा दायर भएको छ ।
प्रधानमन्त्रीले बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी ‘तमासा देखाउन एक जना बाजे’ पनि अदालत पुगेको भन्दै अभिव्यक्ति दिएपछि अदालतको अवहेलना भएको भन्दै अधिवक्ता कन्चनकृष्ण न्यौपानेले निवेदन पेश गरेका थिए ।
चार पूर्वप्रधानन्याधीशहरूले वक्तव्य नै जारी गरेका थिए । उनीहरूकाविरूद्ध अधिवक्ता धनजित बस्नेत र लोचन भट्टराईले रिट हालेका छन् ।
यस्तै पूर्वसभामुख ढुंगानाले पनि विचारधीन मुद्दाविरूद्ध हुने गरी अभिव्यक्ति दिएको आरोप लगाउँदै अधिवक्ता राजराम घिमिरेले रिट हालेका छन् ।
।