सूचनाको शक्ति - The Power Of Information

        

पूर्वमन्त्री बस्नेतलाई सम्पादकहरुसँग माफी माग्न प्रेस युनियनको आग्रह

काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेकपा ओली समूहका नेता महेश बस्नेतले नामै तोकेर विभिन्न संचारमाध्यमका सम्पादकहरुलाई सार्वजनिक कार्यक्रममा धम्क्याएकोप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस युनियनका महासचिव अजय सिवाकोटीले आज एक प्रेस विज्ञप्ति जारी गरी सम्पादकहरुलाई सार्वजनिक कार्यक्रममा धम्क्याएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउनु भएको हो ।

इकागजका सम्पादक हरि बहादुर थापा, कान्तिपुरका सम्पादक सुधिर शर्मा र रातोपाटीका सम्पादक ओम शर्माको नामै लिएर ओली समूहका बस्नेतले सार्वजनिक कार्यक्रममा धम्क्याएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ “प्रतिनिधिसभा विघटन गरि प्रतिगमनको बाटोमा हिडेको ओली सरकारको गतिविधीप्रति आलोचक बन्दै आएको नेपाली संचारमाध्यम संविधान, लोकतन्त्र, विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूलाई उभ्याउँदै आएको छ ।”

लोकतन्त्रको पक्षमा र प्रतिगमनको विरुद्धमा आफू र आफू सम्बद्ध संचार माध्यमलाई अविचलित रुपमा उभ्याउँदै आएका सम्पादहरुको पक्षमा नेपालका मात्र नभइ संसारका स्वतन्त्राप्रेमिहरु साथमा छन् । कार्यहरुले दिने यस्ता धम्कीको पर्वाह नगरि आफ्नो कर्म जारी राख्न युनियन सबै सम्पादकहरुलाई आग्रह पनि गर्दछ ।

युनियनले विज्ञप्तिमार्फत यस्ता धम्किपूर्ण अभिव्यक्तिको कडा शब्दमा निन्दा गर्दै सम्बन्धित सम्पादकहरु र नेपाली संचारजगतसँग तत्काल माफि माग्न बस्नेतलाई सचेत समेत गराएको छ ।

अन्यथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षपाती रहँदै आएको युनियन यस्ता समाज तथा संचारमाध्यम विरोधी हर्कतको प्रतिवाद गर्न सक्षम रहेको पनि युनियनले वक्तव्य मार्फत जानकारी गराएको छ ।

त्यसैगरि सार्वजनिक रुपमा धम्की दिने यस्ता तत्वहरुलाई नियन्त्रणमा लिई कानुनी कार्वाही गर्न स्थानिय प्रसाशनसँग युनियनले विज्ञप्तिमार्फत माग गरेको छ ।

यस्तो छ विज्ञप्ति

प्रेस विज्ञप्तिपूर्वमन्त्री समेत रहेका नेकपा ओली समूहका नेता महेश बस्नेतले नामै तोकेर विभिन्न संचारमाध्यमका सम्पादकहरुलाई सार्वजनिक कार्यक्रममा धम्क्याएकाप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ । प्रतिनिधिसभा विघटन गरि प्रतिगमनको बाटोमा हिडेको ओली सरकारको गतिविधीप्रति आलोचक बन्दै आएको नेपाली संचारमाध्यम संविधान, लोकतन्त्र, विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूलाई उभ्याउँदै आएको छ । नेपाली संचारजगतको मूल हिस्सा प्रतिमगनको विरुद्ध सतिसाल झै खडा भएपछि अत्तालिएको ओली नेतृत्वको सत्ता र समूह अहिले बर्बराउन थालेको छ । इकागजका सम्पादक हरि बहादुर थापा, कान्तिपुरका सम्पादक सुधिर शर्मा र रातोपाटीका सम्पादक ओम शर्माको नामै लिएर ओली समूहका बस्नेतले सार्वजनिक कार्यक्रममा धम्कयाउने कार्य यहि बर्बराहट मात्र हो भन्ने युनियनको बुझाई छ । सांसद अपहरण लगायत विगतमा विभिन्न विवादित कार्यमा संलग्न रहि पछिल्लो पटक साइबर सेना गठन गरि फरक मत राख्नेहरु विरुद्ध संगठित आक्रमण र दुष्प्रचार गर्दै आएका बस्नेतका तर्फबाट आएको यो धम्की ओली समूहले आफ्नो आलोचक बनेको संचार माध्यमलाई कसरी हेर्छ र कसरी मुख बन्द गर्न प्रयास गर्छ भन्ने उदाहरण पनि हो । लोकतन्त्रको पक्षमा र प्रतिगमनको विरुद्धमा आफू र आफू सम्बद्ध संचार माध्यमलाई अविचलित रुपमा उभ्याउँदै आएका सम्पादहरुको पक्षमा नेपालका मात्र नभइ संसारका स्वतन्त्राप्रेमिहरु साथमा छन् । कायरहरुले दिने यस्ता धम्कीको पर्वाह नगरि आफ्नो कर्म जारी राख्न युनियन सबै सम्पादकहरुलाई आग्रह पनि गर्दछ । नेपाल प्रेस युनियन यस्ता धम्किपूर्ण अभिव्यक्तिको कडा शब्दमा निन्दा गर्दै सम्बन्धित सम्पादकहरु र नेपाली संचारजगतसँग तत्काल माफि माग्न बस्नेतलाई सचेत गराउँछ । अन्यथा सदैव प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षपाती रहँदै आएको युनियन यस्ता समाज तथा संचारमाध्यम विरोधी हर्कतको प्रतिवाद गर्न सक्षम रहेको यसै वक्तव्य मार्फत जानकारी गराउन चाहन्छ । सार्वजनिक रुपमा धम्की दिने यस्ता तत्वहरुलाई नियन्त्रणमा लिई कानुनी कार्वाही गर्न स्थानिय प्रसाशनसँग युनियन जोडदार माग गर्दछ । धन्यवाद ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार १२:५६