सूचनाको शक्ति - The Power Of Information

        

बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । उपाधि दावेदार बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा बार्सलोनाले रायो भायकानोलाई २–१ ले हरायो । खेलमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सी र फ्रेङ्की डे योङले एक एक गोल गरे ।

रायो भायकानोका फ्रान्सीस्को गार्सियाले पहिलो गोल गरेका थिए ।स्पेनिस कोपा डेल रे कै अन्य खेलहरुमा सेभियाले भ्यालेन्सियालाई ३–० ले हराउँदा अल्मेरियाले ओसासुनालाई टाइब्रेकरमा ५–४ ले पराजित गर्‍यो । एजेन्सी

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार ०८:२३