काठमाडौं । बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।
नेप्से परिसूचक १८ दशमलव ७६ अंकले बढेर २ हजार ४ सय ४१ दशमलव ७६ अंकमा पुगेको हो ।
नेप्से परिसूचक बढे पनि ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ओरालो लागेको छ ।
सेन्सेटिभ इन्डेक्स ०.८६ अंकले बढेर ४४६ दशमलव ३८ अंकमा झरेको छ ।
कारोबार रकम भने ८ अर्ब भन्दा थोरै माथि पुग्यो ।
दिनभर भएका ५९ हजार १ सय ५१ कारोबारबाट २०८ कम्पनीका १ करोड ५२ लाख ८९ हजार २५९ कित्ता किनबेच भएका छन ।
जसबाट कारोबार रकम ८ अर्ब ६२ लाख ३८ हजार ७ सय ७० रुपैयाँ पुगेको छ ।
बुधबार कारोबार संख्याका आधारमा नेपाल लाइफ इन्स्यारेन्स पहिलो नम्बरमा देखिएको छ ।
धेरै कमाउनेमा पनि नेपाल लाइफकै लगानीकर्ताहरु देखिएका छन ।
नेपाल लाइफको ९.९९ प्रतिशतले शेयर मूल्य वृद्धि भएर २ हजार ४ सय ११ रुपैयाँ पुगेको छ ।
बुधबार बिहानमात्रै नेपाल लाईफको सेयर मूल्य समायोजन भएको थियो ।
।