सूचनाको शक्ति - The Power Of Information

        

चार पूर्वप्रधानन्यायाधीश विरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट

काठमाडौं । प्रतिनिसिभा विघटनलाई असंवैधानिक भनेर विज्ञप्ति निकाल्ने चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता धनजित बस्नेतले उहाँहरूमाथि अदालतको अवहेलना गरेको भन्दै रिट निवेदन दर्ता गरिएको छ । अदालतमा विचाराधीन मुद्दामा न्यायीक निरोपणको कार्यलाई प्रभाव पार्ने र अदालत प्रति जनताको विश्वास घटनाउने गरी विज्ञप्ति जारी गरिएको अधिवक्ता बस्नेतको आरोप छ ।

पुस २४ गते चार जना पूर्वप्रधानन्यायाधीशहरूले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले पुस ५ गते गरेको प्रतिनिनिधसभा विघटनलाई असंवैधानिक भएको जनाएका थिए ।

उनीहरूले विज्ञप्ति जारी गर्नुअघि नै यो विषयमा सर्वोच्चको संवैधानिक इजलासमा यस विषयमा बहस चलिरहेको थियो ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार १४:००