सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा खुडा प्रहार गरेर युवकको हत्या

बझाङ । बझाङमा खुडा प्रहार गरी युवकको हत्या गरिएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–३ का २७ बर्षिया अमृत सिंहको खुडा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए ।

छविसपाथिभेरा गाउँपालिका–३ मा रहेको बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा मंगलबार साँझ भएको विवादपछि खुडा प्रहारबाट सिंहको ज्यान गएको उनले बताए । खुडा प्रहार गर्ने मध्येका एक जना सोही गाउँपालिका–२ का बर्ष ३२ का ज्ञानबहादुर कडायतलाई घटनास्थलबाटै पक्राउ गरेको छ भने सोहि ठाउँका प्रकाश ऐडी फरार रहेको प्रहरीले जनाएको छ ।

सिंहको हत्यामा प्रयोग गरिएको खुडा बरामद गरिएको र शव जिल्ला अस्पताल सिमखेतमा राखिएको र शवको पोष्टमार्टम भने अहिलेसम्म नभएको र फरार व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यसअघि समेत उक्त विद्यालयमा व्यवस्थापन समिति गठनको विषयमा विवाद हुँदै आएको बुझिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार १२:५१