सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाविरुद्धको खोप अभियान सुरु भएकोमा हर्षित छु : राष्ट्रपति भण्डारी

काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको खोपलगाउन सुरु गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड खोप लगाउन शुरू भएको डेढ महिनामा नेपालमा खोप अभियान गर्न लागेकोमा हर्षित भएको बताएकी छिन् ।

कोभिड महामारीले मानव सभ्यतालाई चुनौती दिइरहेको बताएकी छिन् । उनले कोभिड महामारीमा अग्रपंतिमा रहेका काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मी लगायतलाई धन्यवाद दिँदै यस अवस्थामा साथ दिने परिवार र समुदायप्रति पनि उनले आभार व्यक्त गरेकी छिन् ।

उनले खोप लगाएपछि पनि मास्कको प्रयोग, सामाजिक दूरी कायम गरी हातको सरसफाइ गर्न समेत अनुरोध गरेकी छिन् ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार १०:५२