सूचनाको शक्ति - The Power Of Information

        

तीन मुक्तक

१.

मडारिएर कालो वादल, तराई ढाक्दैछ
राम हिजै लगिसक्यो, र अब सीता ताक्दैछ
काली, लिम्पिया, लिपुमा समेत गिद्दे नजर ?
खबरदार आजको नेपाल, केपीले हाँक्दैछ ।

२.

दाँत छैन कपाल सेताम्य, तर पनि केटा भन्नुपरेको छ
आँफ्नो माटो मेरो भन्न, नसक्नेलाई नेता भन्नुपरेको छ
जनताको भित्री मनले, सँधै ओडाउँछ सेतो कफन,
तर मजबुरीमा मेरो हजुर, फेटा भन्नुपरेको छ ।

३.

यो गरेन त्यो गरेन कुरा, भाषणमात्रै हो
वलीले गरेको गर्नैपर्ने, शासनमात्रै हो
यहाँ देश र जनताको लागि को बोलेको छ ?
झगडाको बीउ त केवल, आसनमात्रै हो ।

 

१४ माघ २०७७
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार १०:३२