सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्र बैंकमा आज १० अर्बको विकास ऋणपत्र बोलकबोल हुदैं

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) १० अर्बको बिकास ऋणपत्र बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले आइतबार नै एक सुचना जारी गर्दै आज बोलकबोल मार्फत विकास ऋणपत्र २०८४ ङ बिक्री गर्ने जानकारी दिएको हो । ऋणपत्रमा आज २ बजे बोलकबोल हुनेछ ।

राष्ट्र बैंकले आन्तरीक ऋण उठाउन उक्त ऋणपत्र निकाष्शन गर्न लागेको हो । राष्ट्र बैंकले ७ बर्षको लागि उक्त विकास ऋणपत्र जारी गर्न लागेको हो ।  यसमा बैंक तथा वित्तिय संस्था, गैर बैंक वित्तिय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरिद गर्न सक्ने छन् ।
यसको व्याजदर भने बोलकबोल मार्फत गरिने बताइएको छ । उक्त ऋणपत्र बैंकमा धितो राखेर कर्जा जिक्ने सकिनेछ । उक्त ऋणपत्र खरिद गर्न चाहानेले  अनलाइन मार्फत पनि बोलपत्र पेश गर्न सक्नेछन् ।
भोलि बोलकबोल भएर माघ १४ गतेदेखि ऋणपत्र निष्काशन हुनेछ । व्याज अर्धबार्षिक रुपमा नै भुक्तानी गरिने छ भने साँवा भने २०८४ माघ १४ गते गरिने छ ।
इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्ने छन् । गैरप्रतिस्पर्धीलाई १५ प्रतिशत र प्रतिस्पर्धीलाई ८५ प्रतिशत हिस्सा छुट्टाइएको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार ११:१७