सूचनाको शक्ति - The Power Of Information

        

गरगहना किन्दै हुनुहुन्छ ? हेर्नुहोस् सुनचाँदीको बजारभाउ

काठमाडौं । नेपाली बजारमा आज(मंगलवार) सुनको मूल्य तोलामा ४ सयले बृद्धि भएको छ ।

सोमवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ४ सय रहेको थियो । आज मूल्य बृद्धि भइ प्रतितोला सुन ९२ हजार ८ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ९२ हजार ३ सय रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । सोमवार प्रतितोला चाँदी १२ सय ६० रहेकोमा आज मूल्य गिरावट आइ १२ सय ५५ मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार ११:१२