सूचनाको शक्ति - The Power Of Information

        

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

रुकुम पूर्व । ट्याक्टर दुर्घटना हुँदा रुकुम पूर्वमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । (गएराती) साढे ९ बजेतिर भूमे गाउँपालिका–१ पाथिहाल्नेबाट डोजेरको बकेट बोकेर सिस्ने–५ स्थित रुकुमकोट तर्फ आउँदै गएको लु ४ प ४१८५ नम्बरको ट्याक्टर अनियन्त्रित हुँदा सिस्ने गाउँपालिका–५ रुमालबारामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्याक्टरका सह–चालक २१ वर्षीय इन्द्रबहादुर बुढाथोकीको मृत्यु र चालक जीवन बुढाथोकी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए । इन्द्रबहादुरको उपचारका क्रममा रुकुम पूर्व अस्पतालमा मृत्यु भएको हो । घाइते बुढाथोकीको थप उपचारका लागि मंगलबार (आज) बिहान नेपालगन्ज रिफर गरिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार ०९:३०