सूचनाको शक्ति - The Power Of Information

        

प्रचण्ड–नेपाल समूह

प्रधानमन्त्रीको कदमबिरुद्ध आजदेखि प्रचण्ड–माधव समूहको तेस्रो चरणको आन्दोलन

ललितपुरको लगनखेलबाट सिट्ठी जुलुस

काठमाडौं । प्रतिनिधिसभा विघटपछि  गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध सडक संघर्षमा रहेको नेकपाको प्रचण्ड–नेपाल समूहले आजदेखि तेस्रो चरणको आन्दोलन गर्ने भएको छ ।

नेकपाको प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलन अन्तर्गत पहिलो दिन काठमाडौंसहित देशका मुख्य शहरमा आज सिट्ठी जुलुस गर्न लागेको हो।  काठमाडौंको लैनचौरबाट अपरान्ह तीन बजे  र ललितपुरको लगनखेलबाट सिट्ठी जुलुस निकालिने छ।

आजदेखि शुरु हुने तेश्रो चरणको आन्दोलन २८ गतेसम्म चल्ने छ। १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधानसभाका सदस्य, राष्ट्रिय सभा सदस्य र विघटित प्रतिनिधि सभाका सांसद र प्रदेश सभाका सदस्यहरुसहितको दैनिक धर्ना कार्यक्रम हुने छ।

त्यसैगरी, माघ १६ गते सहिद दिवसको अवसरमा जुलुससहित सहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम राखिएको छ। यस्तै माघ १५ गते बुटवलमा, माघ १६ गते विराटनगरमा र माघ १७ गते धनगढीमा बृहत जनसभा हुनेछन् र ती सभामा पार्टी अध्यक्ष तथा वरिष्ठ नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

माघ २२ गते काठमाडौँमा युवा र्‍याली, माघ २६ गते देशव्यापी मशाल जुलुस तथा माघ २८ गते काठमाडौँमा बृहत विरोध प्रदर्शन तथा सभा हुने भुसालले जानकारी दिएन्।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार ०९:०७