सूचनाको शक्ति - The Power Of Information

        

गणतन्त्र दिवस

भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

बहुआयामिक सम्बन्ध अझ बलियो हुने विश्वास

काठमाडौं । भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अलग अलग शुभकामना सन्देश पठाएका छन् ।

राष्ट्रपति विद्या भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्दलाईलाई एक शुभकामना सन्देश पठाउँदै दुई देशबीच रहेको पुरानो र बहुआयामिक सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गरेकी छन् ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना सन्देश पठाउँदै शान्ति, प्रगति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै नेपाल–भारतबीचको मित्रता, समानता, सहयोग र आपसीले सम्मान अझ वृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

उनले विज्ञान, प्रविधि, चिकित्सा र आर्थिक विकासका क्षेत्रमा भारतले गरेको उल्लेखनीय प्रगतिको प्रशंसा गरेका छन् । उनले भारतले हालै नेपाललाई कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार प्रकट गरेका छन् ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार ०८:३०