सूचनाको शक्ति - The Power Of Information

        

गजल

गज्जबको छ तिम्रो तराजु, तौल्छ र मोल तोक्छ
पल्लामा घाटा सहँदैन, नाफा त जति पनि बोक्छ ।

सुन्छु तिम्रो बेलायती डगीले, दूध भात पनि खाँदैन
मर्निङ वाक गराउँछौ, देख्दैनौ झुप्रोमा कति भोक छ ।

बिगत कोट्याउँदा भन्नैपर्छ, हामी उस्तैउस्तै थियौ
अहिले तिम्रो महल हेर्दा, जो कोहीले जिब्रो टोक्छ ।

राम्रोमात्र हैन धेरै राम्रो छ, तिम्रो उन्नति र प्रगति
नबिर्स आफूलाई यहाँ, धनबाहेक अरू धेरै थोक छ ।

 

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार ०७:५९