सूचनाको शक्ति - The Power Of Information

        

गजल

यो अनिश्चित यात्रानै त जिन्दगानी हुँदोरहेछ
कहिले चर्को घाम त कहिले पानी हुँदोरहेछ ।

तछाड र मछाड यहाँ बाचुन्जेलसम्म मात्र हो
बुझ्नुहोस् मरेपछि त ज्यान खरानी हुँदोरहेछ ।

महोदय ,कलियुगमा प्रेम पनि एक ब्यापार हो
ब्यापार गर्न नजाने आफैलाई हानी हुँदोरहेछ ।

पैसामै इमान, इज्जतको कारोबार भएपछि यहाँ
इमान्दार हुनु त आफैमाथि बेइमानी हुँदोरहेछ ।

भागबण्डा मिले जुट्ने नमिले फुट्ने अहो कस्तो
जनताभन्दा ठुलाबडाहरु नै नादानी हुँदोरहेछ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार ०७:२२