सूचनाको शक्ति - The Power Of Information

        

आज मंगलबार कुन राशिका लागि कति लाभदायी ?

२०७७ माघ १३ गते, मंगलवार, २६ जनवरी २०२१ । पौष शुक्लपक्ष, त्रयोदशी तिथि । आर्द्रा नक्षत्र । चन्द्रराशि– मिथुन ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पहिलेको सफलताले धन आर्जन हुनेछ । तर धेरैवटा काममा हात हाल्दा मुख्य काम स्थगित हुन सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । नयाँ काम तथा व्यवसायमा धन खर्चनुपर्ला । सेवामूलक कामबाट राम्रो उपलब्धि मिल्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग रहेको छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ । सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ । दिगो योजनाका लागि ऋण लिने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । कर्जा बढे पनि धन प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट मनग्य फाइदा हुनेछ । परिश्रमको फल प्राप्त हुनाले व्यापार तथा साझेदारीमा पनि प्रशस्त लाभ हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । सानो प्रयत्नले लक्ष्य प्राप्त हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ । सहयोगीहरू जुट्नाले रोकिएका काम पनि सम्पादन हुनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अवसर प्राप्त भए पनि आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ । विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ । लगनशीलताले लाभ उठाउन सकिनेछ । स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला । प्रयत्नले जीवनशैलीमा सुधार ल्याउनुका साथै फाइदा पनि हुनेछ । नयाँ काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर जुट्नेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । तारिफयोग्य कामको चर्चा हुनेछ । उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मिहिनेतले प्रतिष्ठित स्थान दिलाउन सक्छ । केही विवादास्पद समस्या सुल्झाउन जुट्नुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । बेसुरको निर्णयले समस्या निम्त्याउला । बलजफ्तीले काम बिग्रन सक्छ । परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले मन खिन्न बनाउला । अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

परिस्थिति अनुकूल नै देखिए पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । परिस्थितिवश सोचेको लाभ नमिल्न सक्छ । मनोरञ्जनमा अलमलिँदा काममा पछि परिनेछ । आफन्तसँग असमझदारी बढ्न सक्छ । निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ । व्यावसायिक यात्रा गर्नुपर्ने हुन सक्छ । सहयोगी र भौतिक साधनको कमीले आँटेको काममा विलम्ब हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

खर्चिलो काम थाल्नाले अर्थअभाव देखापर्न सक्छ । स्वास्थ्य कमजोर बन्नाले चिताएको काम रोकिन सक्छ । गोपनीयता बाहिरिनाले अवसरवादीहरूले फाइदा उठाउलान् । आलोचकहरू बढ्नेछन् भने वादविवादले समस्या निम्त्याउन सक्छ । तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मिहिनेत गर्दा अवसर प्राप्त हुनुका साथै भाग्यले साथ दिनेछ । प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । तर ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउनेछन् । आफ्नो उपलब्धिमा समेत अरूले दाबी गर्न सक्छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । मिहिनेत र बुद्धिको उपयोगले जटिल ठानिएको काम सम्पादन हुनेछ । आजको कामबाट दिगो फाइदा उठाउन सकिनेछ । मनको डर उत्साहमा रूपान्तरित हुनेछ । परिवारमा आमाको सहयोग लिँदा रोकिएको काम सजिलै सम्पादन हुन सक्छ ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार ०७:००