सूचनाको शक्ति - The Power Of Information

        

तीन जना मुख्य न्यायाधीशमा सिफारिस

काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका लागि तीन जनालाई मुख्य न्यायाधीशमा सिफारिस गरेको छ ।

आइतबार बसेको परिषद्को बैठकले सर्वोच्च अदालतका मुख्य रजिस्टार नृपध्वज निरौला, नीता गौतम दीक्षित र प्रकाशचन्द्र गजुरेललाई मुख्य न्यायाधीशमा नियुक्तका लागि सिफारिस गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

मुख्य न्यायाधीशमा सिफारिस भएका दीक्षित तुलसीपुर उच्च अदालतमा र गजुरेललाई जनकपुर उच्च अदालतमा सिफारिस गरिएको हो । निरौलालाई दीपायल उच्च अदालतको मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार ११:५३