काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
सोमबार पत्रकार सम्मेलन गरि माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएकाे हाे।
घोषित कार्यक्रमअनुसार माघ १३ गते काठमाडौँमा सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना र माघ १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्जली दिने कार्यक्रम छ।
यसैगरी माघ १५ गते बुटवल, १६ गते विराटनगर र १७ गते धनगढीमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम तय गरिएको छ।
माघ २२ गते काठमाडौँमा युवा र्याली, २६ गते देशव्यापी मशाल जुलुस र २८ गते काठमाडौँमा विरोधसभभा गर्ने घोषणा गरिएको छ।
।