सूचनाको शक्ति - The Power Of Information

        

२ सयले घट्यो सुन

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार तोलामा दुई सयले सुनको मूल्य घटेको हो ।

सोमबार सुन तोलाको ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो छापावाल सुन प्रतितोला ९२ हजार ६०० ले कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य भने यथावत छ । चाँदी तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य हिजो पनि घटबढ भएको थिएन ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार ११:३१