सूचनाको शक्ति - The Power Of Information

        

विकास

बाँकेमा एकैपटक ८० वटा खानेपानी आयोजना

फाइल तस्वीर

बाँके । सबैलाई सर्वसुलभ तरिकाले स्वच्छ पिउने पानीको सेवा प्रवाह गर्न बाँके जिल्लामा एकैपटक ८० वटा खानेपानीका आयोजनाको निर्माण सुरु गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगन्जका अनुसार हाल बाँकेमा प्रदेश सरकारको सघन खानेपानी आयोजनाअन्तरगत २३ वटा खानेपानी आयोजनाको निर्माण भइरहेका छन् ।

यसैगरी सङ्घीय सरकारबाट ससर्त हस्तान्तरण भएका ५७ आयोजनाको पनि काम अघि बढिरहेको छ । डिभिजन कार्यालयका प्रमुख भोलाप्रसाद थापाले प्रदेश सरकारबाट सञ्चालितमध्ये करिब एक दर्जन आयोजना चालु आर्थिक वर्षमा सम्पन्न गरिने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए । सङ्घबाट हस्तान्तरण भएकामध्ये अमुवा र रझेना खानेपानी आयोजना चालु आर्थिक वर्षमै सम्पन्न हुने छन् ।

कार्यालयका प्रमुख थापाका अनुसार चालु वर्षमा बढिभन्दा बढी आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । डिभिजन कार्यालयका अनुसार प्रदेश सरकारको लागतमा निर्माण भइरहेका आयोजना आर्थिक वर्ष २०७५/०७६ देखिमात्रै निर्माण सम्पन्न भएका हुन् । सङ्घीय सरकारबाट हस्तान्तरण भएका आयोजनाहरू भने पाँच वर्ष पहिलेदेखि निर्माण सुरु भएका हुन् ।

प्रदेशअन्तरगत सञ्चालित आयोजनाहरूको बोरिङ, ओभरहेड, समिति भवन लगायतका कार्य सम्पन्न भइसकेका कारण आगामी आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुने लक्ष्य राखिएको कार्यालयले जनाएको छ । सङ्घबाट हस्तान्तरण भएका आयोजनाको बजेट न्य ।न भएपछि कतिपय आयोजनाको काम सुस्त देखिएको छ । खानेपानी डिभिजन कार्यालयले सङ्घबाट हस्तान्तरण भएका आयोजनामा प्रयाप्त बजेटको माग गरेको जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार ०९:३५