सूचनाको शक्ति - The Power Of Information

        

प्रेस स्वतन्त्रता सेनानी गुप्तको पुण्यतिथिमा विविध कार्यक्रम गरिँदै

बाँके । प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्तको वार्षिक पुण्यतिथिमा स्मृतिसभा लगायतका विविध कार्यक्रम गरिँदैछन् । गत माघ १५ गते स्वर्गारोहण हुनु भएका वरिष्ठ पत्रकार गुप्तको स्मरणमा विहीबार कार्यक्रम गर्न लागिएको हो । प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त प्रतिष्ठानको हालै बसेको बैठकले गुप्ताको सम्मानमा स्मृतिसभा लगायतका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष विजयकुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानको विधान मस्यौदालाई अन्तिम रुप दिँदै प्रतिष्ठान दर्ता प्रक्रियालाई पनि बघि बढाउने तयारी गरेको छ । पुण्यतिथिका दिन विहान निलसागर सेवा आश्रममा खाना खुवाउने र दिउसो महेन्द्र पुस्तकायमा श्रदाञ्जली स्वरुप स्मृतिसभा गरिने प्रतिष्ठानका महासचिव शुक्रऋषि चौलागाईले जानकारी दिए । प्रतिष्ठानले आगामी दिनमा लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको समग्र विकासमा मद्दत पुग्ने कार्यक्रम गर्ने जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार ०९:१६