सूचनाको शक्ति - The Power Of Information

        

दाङमा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते

दाङ । बाघको आक्रमणबाट देउखुरी लमही नगरपालिका-८ खोलीगाउँकी ५० वर्षीया बेलमती चौधरी गम्भीर घाइते हुनु भएको छ ।

शनिबार दिउँसो बाख्रा चराउन नजिकैको जङ्गलमा गएको समयमा उहाँलाई बाघले आक्रमण गरेको हो ।

बाघकाे आक्रमणबाट चौधरीकाे मुख, आँखा र टाउको गम्भिर चाेट लागेकाे छ । श्रीमान टुलिराम चौधरी रुखमा चढेर घाँस झार्दै गर्दा बाघले बेलमतीलाई आक्रमण गरेको थियाे।

बाघको आक्रमणबाट गम्भीर घाइते भएकी बेलमतीको लमही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतवार ११:००