सूचनाको शक्ति - The Power Of Information

        

नयाँ कोरोना भाइरस पुरानोभन्दा धेरै घातक : प्रारम्भीक अध्ययन

काठमाडौं । नयाँ कोरोना भाइरस तीव्र गतिमा फैलिने मात्र होइन, यो पुरानोभन्दा घातक पनि भएको प्रारम्भीक अनुसन्धानले देखाएको छ । सुरुमा यो देखापरेको देश बेलायतकै वैज्ञानिकले गरेको अनुसन्धानको प्रारम्भीक प्रमाणले आनुवांशिकता परिवर्तन गरी नयाँ रूप लिएको कोरोनाबाट हुने मृत्यु दर पनि पहिलेको भाइरसभन्दा बढी भएको देखाएको हो ।

बीबीसीका अनुसार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अनुसन्धानको प्रारम्भीक प्रमाणले नयाँ प्रकारको कोरोना भाइरस थप घातक देखाएको जानकारी दिएका हुन् । तर यसबारे विस्तृत जानकारीका लागि थप अनुसन्धानको खाँचो रहेको वैज्ञानिकले बताएका छन् । सबैभन्दा पहिले बेलायतमा परिवर्तन भएको कोरोनाको नयाँ प्रकार अहिले नेपाल लगायत ६० देशमा फैलिसकेको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार १०:५१