सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसम पूर्वानुमानः पश्चिमी वायुको प्रभाव, वर्षा हुन सक्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

यसैगरी, अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको र तराई भूभागहरु हुसु्कु र कुहिरो लागेको र बाँकी भूभागमा मौसम सामान्यतय सफा रहेको छ ।

त्यस्तै, आज दिउँसो  सुदूरपश्चिम, कर्णाली, र गण्डकी  प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १, र  बागमती   प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

भने, राति सुदूरपश्चिम, कर्णाली, र गण्डकी  प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १, र  बागमती   प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार ०८:५०