सूचनाको शक्ति - The Power Of Information

        

महिला लिग चार दिनका लागि स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला लिग फुटबल अन्तर्गत जारी खेलहरु मंगलबारसम्मका लागि स्थगित गरेको छ ।

चार दिनका लागि तय भएका खेलहरु स्थगित भएका र बिहीबारदेखि नियमित तालिकाअनुसार खेल खेलाइने एन्फाले जनाएको छ ।

चार दिनको खेल स्थगित भएपछि महिला लिगको तालिका पनि परिवर्तन हुने भएको छ । तालिकाअनुसार आज विभागीय टिम त्रिभुवन आर्मी र वालिङ नगरपालिकाबीचको खेल हुने भनिएको थियो ।

यस्तै अर्को खेलमा अर्को विभागीय टिम एपीएफ र विराटनगरबीचको खेल हुने तालिका रहेको थियो । तर आजका लागि तय गरिएका दुवै खेल स्थगित भएका एन्फाले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार ०८:४०