सूचनाको शक्ति - The Power Of Information

        

शुक्रबार २ सयले घट्यो सुनको मुल्य, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्यले २०० रुपैंयाले  घटेको छ ।

हिजो प्रतितोला ९३ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मुल्य शुक्रबार २०० रुपैंयाले ओरालो लागेर प्रतितोला ९२ हजार ९०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य भने आज ९२ हजार ४०० रुपैंया कायम भएको छ । यस्तै चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाले गिरावट आएर प्रतितोला १२ सय ६० रुपैंया कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार ११:००