बझाङ । बागथला देखि भोपुरसम्मको जयपृथ्वी राजमार्गमा कालोपत्रे गर्ने काममा कमसल निर्माण सामाग्री प्रयोग गरेको भन्दै स्थानियले चासो राखेका छन् ।
विहिबार केही युवाहरुले सडक अवलोकन गर्दा सडक कालोपत्रे गर्ने निर्माण सामाग्रीमा कमसल सामाग्री प्रयोग गरी सडक पिच गर्ने गरेको पाइएको हो ।
कालोपत्रे गरिएको अलकत्रालाई हातले उप्काउन मिल्नेगरि कालोपत्रे गर्न लागेको खबर आएपछी बझाङका युवाहरुले उक्त सडकको निग्रानी गरेको थिए ।
अवलोकन गर्न जाँदा कमसल निर्माण समाग्री प्रयोग गरेको, बर्षाको समयमा तथा रातारात काम गर्ने गरेको र सडकको धुलोलाई सफा नगरी अलकत्रा विछ्याएको पाइएको स्थानिय असोक मल्लले बताउनु भयो ।
सडक पिच गर्दा रिसोलिङ पिच गर्नु पर्ने ठाउमा गिट्टी नराख्ने गरेको र मात्रा अनुसार अलकत्रा प्रयोग नगरि सडक कालोपत्रे भइरहेको छ । साथै सडक मर्मतका बेला सडकलाई फराकिलो गरेर कालोपत्रे गर्नु पर्ने भएपनि त्यसो नगरिएको पाइएको हो ।
यता कालोपत्रेको काममा गल्ति भएकोे निर्माण कम्पनिका प्रतिनिधि हरिप्रशाद खनाल स्विकार गर्नु भएको छ । ओटासिल सडक उप्कीसकेकोले सो मर्मतका लागी करिब ६ करोडमा कम्पनि सगँ सम्झौता भएको भएपनि निर्माण कम्पनिले सडकको क्षेउमा जाली नहाल्ने, किनारामा नाला नबनाएर नै सडक मर्मत गरिरहेको पाइएको छ ।
सडक र्निमाणमा भैरहेको कमसल सामानहरु परिवर्तन गरि गुणस्तरिय सामान प्रयोग नगरेमा युवाहरुले कामलाइ अवरोध पुर्याउने बताएका छन । सडक डिभिजन कार्यालय बैतडीले जलजला निर्माण सेवा काठमांडौलाई सो सडक कालोपत्रे गर्ने कामको जिम्मेवारी दिएको थियो ।
।