काठमाडौं । गायक ध्रुब केसीको निधन भएको छ । ७५ वर्षको उमेरमा उनको बिहीबार साँझ निधन भएको हो ।
केसी नारायण गोपाल, प्रेमध्वज प्रधान र बच्चुकैलाशका समकालीन गायक हुन् ।
‘मायालु हजार हुन्छन् तर माया एक हुन्छ…’, ‘जिउँदै मर्ने जिन्दगीमा व्यर्थै जिउन खोजेँ…’, ‘तिम्रो माया कागजको रंगीचंगी फूल जस्तो…’ लगायत उनले गाएका गीत हुन् ।
ध्रुव नायक भुवन केसीका काका हुन् ।
।