सूचनाको शक्ति - The Power Of Information

        

बैजनाथ गाउँपालिकाले सुरु गर्यो स्थानीय शिक्षा ऐन माथि सुझाव संकलन

बाँके । बाँकेको बैजनाथ गाउँपालिकाले शिक्षा ऐन २०७७ को मस्यौदा निमार्णका लागि सरोकारवालाहरु संग रायसुझाव संकलन तथा छलफल कार्यक्रम गरेको छ ।

बैजनाथ गाउँपालिकाले निमार्ण गर्न लागेको शिक्षा ऐन २०७७ लाई पूर्णता दिन सरोकारवाला निकायहरुसँग छलफल गरेको हो । बैजनाथ गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वराज ढकाललले शिक्षा मस्यौदामा भएका व्यवस्था बारे सहजीकरण गरेका थिए । कार्यक्रममा बैजनाथ गाउँपालिका संस्थागत विद्यालयका तर्फबाट श्याम कुँवरले मस्यौदामा सुधार गर्नुपर्ने बुदाँहरुबारे धारणा राखेका थिए ।

उक्त कार्यक्रममा पेशागत संघ संगठनका तर्फबाट पहलमान वलीले मस्यौदा आउनु सकारात्मक भएको बताउदै संघ संगठनका तर्फबाट दिएका सुझावहरु लाई स्थानीय सरकारले ग्रहण गर्ने विश्वास व्यक्त गरे ।

मस्यौदा निमार्ण कार्यक्रमका प्रमुख अथिति पूर्व राज्य मन्त्री दल बहादुर सुनारले कार्यक्रम महत्वपूर्ण रहेको बताउदै मस्यौदा निमार्णले बैजनाथको शिक्षा ऐनलाई पूर्णता दिने विश्वास व्यत्त गरे ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार १७:३३