जुम्ला । हिमाली जिल्ला जुम्लाको ग्रामिण भेगका महिलाले देउडा गाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरेका छन् । पातारासी गाउँपालिकाका महिलाले देउडा गीतमार्फत प्रधानमन्त्रीले गरेको संसद विघटनको विरोध गरेका हुन् ।
देउडा गीतमा महिलाहरूले ‘केपी ओलीको ठेगान छैन आज भोली’जस्ता टुक्का रचेर देउडा प्रदर्शन गरेका थिए । प्रायः महिलाहरू दूधे बालक च्यापेर सहभागी भएका थिए । नेकपा कर्णाली प्रदेश कमिटीको सदस्य मायादेवी बोहोराले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम राष्ट्रघाती भएको भन्दै विरोधमा उत्रिएको बताइन् ।
उनले भनिन्, ‘प्रधानमन्त्री केपी ओलीले गरीब जनताको पसिना र शहीदको रगतले लेखिएको संविधानको अपमान गरेका छन् ।’ कार्यक्रममा अधिकांश वक्ताले केपी ओलीले राष्ट्र विरोधी कदम चालेकाले देश बचाउन आफूहरूले विरोध गरेको बताए ।
।