काठमाडौं । आज देशका धेरैजसो भू–भागमा बादल लाग्ने भएकाले राम्रोसँग घाम नलाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका उच्च हिमाली भू-भागका एक–दुई स्थानमा हिमपात हुने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। अहिले देशको पूर्वी र मध्य भू-भागमा बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताइएको छ।
महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार अहिले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ। तराईका धेरैजसो भूभागमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ।
तराई क्षेत्रमा तापक्रम घट्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद् शाक्यको आग्रह छ।
।