काठमाडौं । प्रतिनिधिसभा पुर्नस्थापना एजेण्डा नबनाए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज विरोधको दोस्रो चरण अन्तर्गत देशभरका वडाहरुमा प्रदर्शन गर्दैछ। कांग्रेसले बिहीबार (आज) देशभरका ६ हजार ७४३ वडामा विरोध प्रदर्शन गर्न लागको हो।
प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको भन्दै कांग्रेस विरोधमा उत्रिएको छ। केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेकी थिइन्।
कांग्रेसले दोस्रो चरणको आन्दोनअन्तर्गत माघ ३ गते ७५३ स्थानीय तहमा र गत पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । पहिलो चरणअन्तर्गत कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटन विरुद्ध विरोध प्रदर्शन गरेको थियो।
प्रतिनिधिसभा विघटनको घटना असंवैधानिक भने पनि कांग्रेसले यसविरुद्धको मुद्दा अदालतमा पुगेकाले संसद पुर्नस्थापनाको मागलाई भने एजेण्डा बनाएको छैन।
।