सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य वृद्धि भएको छ ।

मंगलबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ ।

मंगलबार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार ११:०८