काठमाडौं । अञ्जली अधिकारी बर्दियाको मैनापोखर स्कुलमा पढ्ने गर्थिन् । त्यतिबेलाको समयमा बर्दियामा महोत्सव आयोजना हुने कुरा आयो । उक्त महोत्सवमा बद्री पंगेनी, शङ्कर बिसी, पशुपति शर्मा लगायतका कलाकारहरू उपस्थित भएका थिए । सानैदेखि नाच्न भनेपछि हुरुक्कै हुने अञ्जली अधिकारी बर्दियाको महोत्सवसम्म पुगिन् । त्यतिबेला गीत गाउने पालो गायक बद्री पंगेनीको आयो ।
पंगेनीले हातमा माइक समातेर भने, ‘जबसम्म गीत गाउँछु, त्यो बेलासम्म नाच्नेलाई पुरस्कार दिनेछु ।’ बद्रीले गीत गाउन सुरु गरे । अन्जली लगायतका धेरै सहभागी पुरस्कारको लागि नाच्न थाले । बद्रीले लगातार एकपछि अर्को गीत गाउँदै गए, अरु सहभागीहरु थाके । तर, अञ्जलीले अन्त्यसम्म नाचिरहिन् र ५०० रुपैयाँ पुरस्कार पाइन् । त्यही मौकामा उनले बद्रीलाई आफ्नो नृत्यमा रुची हुनुका साथै म्युजिक भिडियो तथा चलचित्र खेल्ने रहर लागेको बताइन् ।

बद्रीले ‘हुन्छ’को आश्वासन दिए । एसएलसीपछि भागेर काठमाडौंमा कानुन (ल) पढ्दा शिक्षक र साथीहरुले अन्जलीको नृत्यको प्रशंसा गर्थे । तर, परिवारमा आमाको मात्र समर्थन थियो । ‘बुबा र दाइ म नाचेको पटक्कै मन पराउनु हुन्नथ्यो,’ उनी सम्झन्छिन् । २०७२ सालमा एसएलसी परिक्षा दिएपछि अन्जली भागेर काठमाडौं आइन् । बद्री पंगेनीलाई सम्पर्क गरेपछि उनकै निरमाया दोहोरी साँझमा काम पाइन् । उनी भन्छिन्, ‘हिराले हिरा चिन्छ रे । उहाँले मेरो प्रतिभालाई चिन्नुभयो ।’
भिडियो खेल्न घरबाट भागेकी अन्जली दोहोरी साँझमा नाच्न थालिन् । दोहोरी साँझमा काम गरेको भनेर नराम्रो नजरले हेर्ने अप्ठ्यारो पनि झेलिन् । तर, दोहोरी साँझ नै उनका लागि नृत्य सिक्ने पाठशाला बन्यो । एकवर्ष काम गरेपछि बद्रिले एउटा गीतमा मोडलिङ गर्ने अवसर दिए । बद्री र मिरा गिरीको स्वरमा रहेको ‘खरबारीमा’ बोलको गीतमा अञ्जली पहिलो पटक देखिइन् । त्यो समय बद्री पंगेनीको गीतबाट डेब्यू गर्नु पनि उनका लागि ठुलो सफलता थियो ।

पहिलो भिडियोमा आफ्ना कमजोरी अञ्जलीले महशुस गरिन् । स्टेज र क्यामेरामा नाच्च फरक रहेछ,’ अन्जली भन्छिन्, ‘आफ्नो कमजोरी आफैं पत्ता लगाएर सुधार्न थालेँ ।’ बद्री पंगेनीले लगातार तीन पटक मौका दिएपछि अन्जलीलाई भिडियोमा अफर आउन थाल्यो । पशुपति शर्मा र सम्झना भण्डारीको तीज गीत ‘मेरो माया बसेको ठाउँमा’मा अभिनय गरेपछि उनलाई दर्शकले चिन्न थाले । ‘बोल माया’बाट व्यापकता अञ्जलीले काम गरेको करिब २०० भन्दा बढि भिडियोमध्ये आधामा प्रकाश सपुत पनि थिए ।
अन्जलीजस्तै भिडियो मोडलिङमा जम्न खोजिरहेका प्रकाशले आफैं गीत लेखेर भिडियोका लागि मोडलहरुलाई अफर गरे तर, धेरैले अस्वीकार गरे । त्यसपछि उनले अञ्जलीलाई सम्झिए । त्यसबेला गाउँ पुगेकी अञ्जलीले गीत पठाउन भनिन् । घरमा त्यो गीत बजाउँदा बुबा आमासहित सबैले मन पराए । गीत निकै मार्मिक थियो । त्यो बेलासम्म बुबा र दाजुले पनि अञ्जलीको रुचीलाई सकारिसकेका थिए । उनी कोठामा एक्लै बसेर गीत बजाइन् र बेस्सरी रोइन् ।

गीतमा डुबेर रोएपछि उनलाई लाग्यो, म यो गीत गर्न सक्छु । त्यसपछि उनले प्रकाशलाई फोन गरिन्, ‘दाइ, म यो भिडियो गर्छु ।’ सारङ्गी रेटेर गीत गाएको सुटिङ सुरु हुँदै थियो । गाउँका धेरै मान्छे रमिता हेरिरहेका थिए । गीत बज्न थालेपछि सबैको आखाँ रसाए । अञ्जली र प्रकाशको पालोमा रोमान्टिक सिनहरु खिचियो । अन्जलीमा गर्न सक्छु, सक्दिन भन्ने डर बढ्यो । सिन खिच्न सुरु भयो । जब गीत बज्यो अञ्जलीमा भूत चडेजस्तो भयो । उनले साँच्चीकै रुदै सिन दिइन्, जुन भिडियोमा आवश्यक थियो ।
साँच्चै रोए पनि मिलेको छ वा छैन भन्ने डर थियो । सुटिङ सकियो, सबैको मुहारमा चमक थियो । तर, अन्जली खुसी हुन सकिरहेकी थिइनन् । जब भिडियो हेरिन् आफ्नो काम राम्रो पाइन् । चुजी बनेकी छन् अञ्जली ‘बोल माया’को भिडियो सार्वजनिक हुन ६ महिना लाग्यो । तर, सम्पादनपछि तयार भएको गीत सार्वजनिक कार्यक्रममा कसैको पनि आँखा ओभानो रहेन । युट्युबमा भिडियो आएपछि तुरुन्तै ट्रेण्डिङमा पर्यो । धेरैले गीतमा आफ्नो कथाब्यथा पाए । सामाजिक सञ्जालमा गीत भाइरल भयो । अन्जलीलाई गीत सफल हुन्छ भन्ने थियो तर, यो स्तरको सफलता हात लाग्ला भन्ने अनुमानसमेत थिएन ।

बोल माया बोलको गीतले पाएको सफलतासँगै अञ्जलीको करियरले पनि ठूलो फड्का मार्यो । दर्शक स्रोतमाझ सामान्य चिनिएकी उनी गीतसँगै सुपरहिट भइन् । उनलाई एकैदिनमा पाँच वटासम्म गीतको अफर आउन थाल्यो । मेला–महोत्सव तथा विदेशमा हुने शोहरुमा उपस्थिति बाक्लिन थाल्यो । ‘मेहनतको मिठो प्रतिफल पाएँ, पाइरहेको छु,’ उनी भन्छिन्, ‘यो गीतपछि आफैंलाई पहिलेभन्दा पक्का भएको महशुस गर्न थालें ।’ धेरै अफर आएपछि अञ्चली भने चुजी बनेकी छन्, आफूलाई राम्रो लागेको गीतमा मात्र अभिनय गर्न थालेकी छन् । विगतमा जस्तो ‘पैसाको लागि’ जस्तो पनि गीतमा अभिनय गर्न छाडेकी छन् ।
अब अलि फरक र नयाँपन देखिने काम गर्न चाहेको बताउँदै अञ्जली भन्छिन्, ‘ताकी स्रोतदर्शकले पनि सम्झिरहुन्, बाबाको नाक फुलिएको छ । एउटा समय थियो, नाच्छुभन्दा मैले बाबाको पिटाई खानुपर्थ्यो ।’ तर, अहिले परिस्थिति फेरिएको छ । उनका बाबा अहिले सबैभन्दा ठूलो समर्थक बनेका छन् । अञ्जलीले अभिनय गरेको भिडियो छोरीले भन्दा पहिला सामाजिक सञ्जालमा शेयर गरिदिन्छन् । ‘गाउँटोलमा छोरीको प्रशंसा गर्दा बाबाको नाम फुलिएको छ,’ भन्छिन् अञ्जली । त्यसपछि त अन्जलीलाई पछि फर्किन परेन गलबन्दी गीतले त झनै शिखरमै पुर्यायो ।





।