सूचनाको शक्ति - The Power Of Information

        

यौन सम्पर्क गर्दा १.५ मिटरको दूरी कायम गर्न भनेपछि…

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बचेर यौन सम्बन्ध राख्नका लागि सुझाव दिने क्रममा अस्ट्रेलिया सरकारले निकै विचित्र सुझाव दिएपछि त्यहाँका मानिसहरु टाउको ठोक्न बाध्य भएका छन् । न्यू साउथ वेल्सको स्वास्थ्य वेबसाइट प्लेसेफका यी सुझाव देखेर मानिसहरु जिल्ल परेका छन् ।

सुझाव दिने क्रममा मानिसहरुलाई कोरोनाबाट बच्नको लागि यौन सम्बन्धका क्रममा १.५ मिटरको दूरी कायम गर्न भनेपछि मानिसहरु टाउको ठोक्न बाध्य भएको डेलीमेलको समाचारमा उल्लेख गरिएको छ । हद त त्यतिबेला भयो जब मानिसहरुलाई एक्लै यौन सम्बन्ध राख्ने सल्लाह दिइयो ।

नयाँ गाइडलाइनमा पहिलेदेखि साथमै बस्दै आएको पार्टनरसँग यौन सम्बन्ध राख्दा डराउनुपर्ने स्थिति नभए पनि क्याजुअल सेक्स गर्नेहरुले भने सतर्कता अपनाउनुपर्ने भन्दै विभिन्न सुझाव दिइएको छ । कोभिड १९ संकटका बेला सबैभन्दा सुरक्षित यौन सम्बन्ध भनेको एक्लै यौन सम्बन्ध राख्नु भएको वेबसाइटमा उल्लेख छ । विज्ञहरुले यौन साथीहरुले आपसी हस्तमैथुन समेत गर्न सक्ने सल्लाह दिएका छन् ।

यसबाहेक पार्टनरको अगाडि निश्चित दूरी राखेर आफैंले आफूलाई यौनसुख दिने क्रियाकलाप गर्न पनि सुझाव दिइएको छ । यो यौन संक्रामक रोगबाट बच्ने र अनिच्छित गर्भधारणबाट बच्ने उपाय समेत हुन सक्ने भनिएको छ । यौन सम्बन्धका क्रममा ३ लेयरको मास्क लगाउन पनि भनिएको छ । यसबाहेक हट मसाज र फोन सेक्सको समेत सुझाव दिइएको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलवार १०:४१