सूचनाको शक्ति - The Power Of Information

        

बहस निरन्तर

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ आजपनि, कहिले आउला फैसला ?

१३ वटा रिट निवेदनमाथि निरन्तर सुनुवाइ

काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतम दायर भएको रिटमाथि आज पनि सुनुवाइ जारी रहने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशमा आइतबारदेखि बहस निरन्तर जारी छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमाथि निरन्तर सुनुवाइ भइरहेको हो ।

रिटमाथि बहस गर्ने वकीलहरुको संख्या धेरै भएको तथा एकै जनाले लामो समय बहस गर्दा सुनुवाइ प्रक्रया लम्बिने देखिएको छ । रिट निवेदनमाथिको सुनुवाइमा समयसीमा नतोकिँदा एकै वकिलले लामो समय लिन थालेका बताइएको छ ।

सोमबार सोमबार प्रतिनिधिसभाविरुद्धको रिटमा अधिवक्ता दिनमणि पोखरेलले तीन घण्टा बहस गरेका थिए । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस गर्न मात्रै ३६३ वटा वकालतनामा परेको सर्वोच्च प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलवार ०८:४१