सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा सुनुवाइ जारी

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा भइरहेको सुनुवाइ आज पनि हुँदैछ । हिजोदेखि सुरु भएको सुनुवाइ आज पनि निरन्तर हुने बताइएको छ ।

रिट निवेदकहरुले वृहत पूर्ण इजलासको माग गरेपनि सर्वोच्चले सो विषय संवैधानिक इजलासकै क्षेत्राधिकार रहेकाले वृहत पूर्ण इजलासमा जानु नपर्ने आदेश दिएपछि हिजोबाट संवैधानिक इजलासमा सुुनुवाइ सुरु भएको हो ।

हिजोको बहसमा रिट निवेदकको तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरुले संविधानमा प्रधानमन्त्रीलाई विघटनको अधिकार नरहेको जिकिर गरेका छन् । उनीहरुले संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिएको तर्क गरेका छन् ।

उनीहरुले दलभित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानको धारा ७६ को कुनै पनि उपधारामा नभएको जिकिर गरेका छन् ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार ११:२२