सूचनाको शक्ति - The Power Of Information

        

रुपन्देहीमा पाँच वर्षीया बालिका बलात्कृत, होमबहादुर पक्राउ

रुपन्देही । रुपन्देहीमा पाँच वर्षीय बालिका बलात्कृत भएकी छिन् । तिलोत्तमा नगरपालिकास्थित कोटिहवामा पाँच वर्षीया बालिका बलात्कृत भएकी रुपन्देही प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले जनाएका छन् । उनका अनुसार ती बालिकाको अहिले काठमाडौस्थित टिचिङ अस्पतालमा उपचार भैरहेको छ ।

तिलोत्तमा नगरपालिका कोटिहवामा परिवारसँग बस्ने बालिकालाई नजिकैको पसल जाने क्रममा २८ वर्षीय युवकले बलात्कार गरेको एसपी पोखरेलले बताए । बलात्कारमा संलग्न युवकलाई प्रहरीले पक्राउ गसिकेको छ । कपिलवस्तु बाणगंगा वडा नं १२ घर भएका हाल तिलोत्तमा नगरपालिका–१३ बबनी बसेर मजदुरी गर्ने होमबहादुर विकलाई बलात्कार गरेको अभियोगमा पक्राउ गरिसकेको छ ।

बलात्कार आरोपी युवकलाई अदालतबाट म्याद थपको लागि आइतबार जिल्ला अदालत रुपन्देही पठाइएको छ । बिहीबार बालिका हराएको सूचना आएपछि खोज्ने क्रममा बालिकालाई नजिकै रहेको स्थानीयको खेतनजिकै खोल्सामा अचेत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी पोखरेलले बताए ।

उनका अनुसार साँझ ५ बजे घरबाट पसल जान निस्किएकी बालिका बेलुका करिब ८ बजेसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेको र बालिका खोल्सामा भेटिएकी थिइन् । त्यसपछि बालिकालाई उपचारका लागि रुपन्देहीको अस्पतालमा पठाइएको र त्यहाँ उपचार हुन नसकेपछि काठमाडौ ल्याइएको हो ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार ०७:४७