सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य समाचार

बर्दियामा थारू समुदायका ११.३ प्रतिशतलाई ‘सिकलसेल डिस्अर्डर’

बर्दिया । बर्दिया जिल्लाका थारू समुदायका ११ दशमलव ३ प्रतिशतमा सिकलसेल डिस्अर्डर रोग पाइएको एक अध्ययनले जनाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको एक अनुसन्धानले यस्तो जनाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अनुसन्धानले सो कुराको पुष्टि गरेको हो ।

परिषद्ले ०७४ साउन देखि २०७६ पुससम्म गरेको अध्ययनमा ११ दशमलव ३ प्रतिशतमा सिकलसेल डिस्अर्डरको समस्या भएको पत्ता लागेको हो । परिषद्ले बर्दियाका थारू समुदायमा २० हजार जनामा अध्ययन गरेको थियो । सो अध्ययनबाट २० हजारमध्ये २ हजार २५६ जना अर्थात् ११ दशमलव ३ प्रतिशतलाई सिकल सेल डिस्अर्डर भएको पत्ता लागेको हो ।

जसमध्ये २ हजार १११ जना आर्थ १० दशमलव ६ प्रतिशतलाई सिकलसेल ट्रेट थियो भने १४५ जना अर्थात् शून्य दशमलव ७ प्रतिशतलाई सिकलसेल रोग थियो । सिकलसेल डिस्अर्ड भएका २ हजार २५६ जनामध्ये सिकलविद् बिटा थालेसिमिया २३२ जना अर्थात् १० दशमलव २ प्रतिशत, सिकलवीद् डी पञ्जाब ६ जना, अर्थात् शून्य दशमलव ३ प्रतिशत र सिकलविद् सजेस्टिभ डी इरान ६ जना अर्थात् शून्य दशमलव ३ प्रतिशतलाई थियो ।

२२५६ सिकलसेल डिस्अर्डर भएकामध्ये ‘सिकलविद् बिटा थालेसिमिया’ २३२ ९१०. २५० लाई थियो भने सिकल वीद् डी पंजाब ६ ९०.३ ५० लाई र सिकलविद् सजेस्टिभ डी इरान ६ ९०.३ ५० लाई थियो । ७९८२ पुरुषमध्ये, सिकलसेल ट्रेट ८७४ ९१०.९ ५० लाई थियो भने ७५ ९०.९ ५० लाई सिकलसेल रोग थियो । त्यस्तैगरी, १२०१८ महिलामध्ये, १२३७ ९१०.३ ५० लाई सिकलसेल ट्रेट थियो भने ७० ९०.६ ५० लाई सिकलसेल रोग पाइएको थियो ।

११९०२ देसौरी थारु उपसमूह मध्ये १२८४ ९१०.८ ५० लाई सिकलसेल ट्रेट थियो भने ८२ ९०.७ ५० लाई सिकलसेल रोग पाइएको थियो । त्यसैगरी, ७९४३ दंगौरी थारुमध्ये ८०१ ९१०.१ ५० लाई सिकलसेल ट्रेट र ६१ ९०.८ ५० लाई सिकलसेल रोग थियो । अधिकांश सिकलसेल रोग भएका सहभागीहरूले बारम्बार ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने गरेको बताएको अनुसन्धानमा उल्लेख गरिएको छ ।

अध्ययनका लागि ४ हजार ७३ जना ११ देखि १५ वर्ष उमेर समुहका थिए भने १६ देखि २० वर्ष समूहका ३ हजार ४५४ जना देखिए । तीमध्ये करिब ६० प्रतिशत सहभागीहरू महिला थिए । अध्ययनमा थारू समुदायका देसौरी ५९ दशमलव ५ प्रतिशत थिए भने ३९ दशमलब ७ प्रतिशत दंगौरा थिए । अध्ययनको समयमा ११ हजार ३०३ जना अर्थात् ६५ दशमलव १ प्रतिशत अविवाहित थिए ।

के हो सिकलसेल अर्थात् रक्तअल्पता ?

नेपालको सिकलसेल रक्तअल्पता सामान्यतया पश्चिम तराईको थारू जातिमा देखिने गरेको पाइन्छ । यो रोग भएका व्यक्तिमा असाधारण प्रकृतिको हेमोग्लोविन आणुहरू हुन्छन् । जसले सामान्य रातो रक्तकोषलाई हँसिया वा अर्ध चन्द्र आकारको स्वरूपमा परिवर्तन गर्दछ । सिकल सेल ट्रेट, जसमा व्यक्तिले आफ्नो आमा वा बुबामध्ये कुनै एकबाट सिकल सेल जिन वंशानुगत रूपमा आएको हुन्छ । प्रायःसिकल सेल रोगको कुनै लक्षण देखाउँदैन ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार ०७:३५