सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री कप : वाग्मती र सुदूरपश्चिम तथा गण्डकी र प्रदेश-१ खेल्दै

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदै छन् ।

समूह ‘बी’ को खेलमा वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘ए’को खेलमा गण्डकी र प्रदेश नम्बर एक खेल्दैछन् ।

वाग्मती र सुदूरपश्चिमको खेल बिहान नौ बजे कीर्तिपुर मैदानमा तथा गण्डकी र प्रदेश एकको खेल बिहान नौ बजे नै मूलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । वाग्मतीले हिजो भएको खेलमा साविक विजेता पुलिसलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

गण्डकी र प्रदेश एक यसअघिका खेलमा पराजित भएका थिए । गण्डकीलाई आर्मीले ९८ रनले हराएको थियो भने प्रदेश एक एपीएफसँग १ सय ३५ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार ०७:१५