सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश-२ मा आज सार्वजनिक बिदा

काठमाडौँ । मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा प्रदेश-२ मा आज बलिदानी दिवस मनाइँदैछ । दिवसका अवसरमा आज प्रदेश-२ सरकारले प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

२०६३ साल माघ ५ मा सिरहाको लहानमा भएको आन्दोलनमा रमेश महतोको ज्यान गएको दिनको सम्झनामा मधेश केन्द्रीत दलले आजको दिनलाई बलिदानी दिवसका रुपमा मनाउने गरेका छन् ।

दिवसका अवसरमा विभिन्न कार्यक्रम हुने गरे पनि शहीदको भावनाको कदर हुन नसकेको शहीदका परिवारले बताउने गरेका छन् । तीन चरणमा भएको मधेश आन्दोलनको क्रममा १ सय ३ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार ०७:११