सूचनाको शक्ति - The Power Of Information

        

कविता

‘उ संघीयताको सेनानी हो’

जनचर्चित युवा नेतालाई सलाम गर्दैछन् बाँकेबासी ।
सत्य, अटल, संघीयताले भयभीत भएका छौं तिमी ।
उ नवयुगको नवक्रान्ति हो, इतिहास उबाट बन्दैछ ।
विकासको हुरी ल्याउने उ, भयभीत भएका छौं तिमी ।
उत्पीडित, उपेक्षित जनताको आस्था केन्द्र हुन् तिनी ।
उ स्वतन्त्रता कुरा गर्दैछ, तिमी प्रतिगमनमा जाँदैछौं ।
उ संघीयताको सेनानी हो, मधेस मसिहा हो ।
पश्चिमको पहिचानवादको अभियन्ता हो ।
उ स्वयं एक ज्वाला हो क्रान्तिको, तिमी प्रतिगमनका अनुयायी हौं ।
उ लोकतन्त्रको सेनानी हो, उ संघीयताको अभियन्ता हो ।
राणा शासन कुल्चे, पञ्चायत विसर्जन गरिएको ।
राजसंस्थालाई पनि आर्यघाटमा दाहसंस्कार गरिएको ।
इतिहास सर्वविदित नै छ, तिमी मरेको मुर्दा खोज्दैछौं ।
उ नवयुग निर्माता हो,
उ अग्रगामी समृद्धिमा नवक्रान्ति सफल बनाउन उत्सुक छ ।
उत्पीडित उपेक्षित जनताको अधिकार दिलाउन संघर्षरत छ ।
उ अग्रगामीमा बढदै छ, तिमी प्रतिगमनमा जाँदैछौं ।
जनजनको विश्वास हो, उ स्वम एक इतिहास हो ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतवार १८:४२