सूचनाको शक्ति - The Power Of Information

        

माघ १५ मा मतदाता नामावली प्रकाशित गर्ने तयारी

काठमाडौं । सरकारले घोषणा गरेको मितिमै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले आफ्नो सक्रियतालाई तीव्र पारेको छ ।

सोही निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव दलहरुसँग गरेको छ । सबै राजनीतिक दलहरुसँगको छलफलमा आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने तथा त्रुटि भए सच्याउन १६ र १७ गते निवदेन दिने प्रस्ताव गरेको छ ।

साथै आयोगले उक्त छलफलमा निर्वाचन सम्बन्धी प्रस्तावित अन्य कार्यक्रमबारे पनि छलफल गरेको बताइएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेको छ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतवार १६:३०