सूचनाको शक्ति - The Power Of Information

        

आर्थिक अवस्थाको कारण पोर्नस्टार बनिन् ‘रेनी ग्रेसी’

काठमाडौं । अस्ट्रेलियाकी पूर्व सुपरकार चालक रेनी ग्रेसी आर्थिक अवस्थाका कारण पोर्न स्टार बनेकी छिन । पोर्न स्टार भएपछि उनका बुबा उनीमा गर्व गरेको बताउँछिन् । सुपरकारको १४ बर्षे ईतिहासमा पहिलो महिला सुपरकार चालक बनेकी ग्रेसीले एक अन्तर्वाताको क्रममा उनी पोर्नस्टार भएको कुरा उनका बुवाले थाहा पाएपछि उनलाई यो कुरामा सर्पोट गरेको बताइन् ।

ग्रेसीले भनिन्, ‘मलाई लाग्छ कि म आर्थिक संकटको कारणले गर्दा यो काम गनुपरेकोले मेरो बुबाले मलाई गर्व गर्नुहुन्छ भन्न सक्नुहुन्छ ।’ यी पूर्व चालकको नयाँ पेशा भनेको आफ्नै सेल्फी खिच्नु हो र इन्टरनेटमा पोष्ट गर्नु हो, जहाँबाट उनलाई आय आर्जन हुन्छ । रेनी ग्रेसीले शुरुको हप्तामा करिब दुई लाख रुपैयाँ कमाई गरिन् र अहिले उनी हरेक हप्ता करिब १६ लाख रूपैयाँ कमाउँदैछिन् ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतवार १५:४३