सूचनाको शक्ति - The Power Of Information

        

दलहरूको राय बुझ्न निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक

काठमाडौं । आगामी निर्वाचनका विषयमा दलहरूको राय बुझ्न निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्दैछ । छलफलका लागि दलका प्रतिनिधिहरुलाई आयोगले कान्तिपथस्थित आफ्नै कार्यालयमा बोलाएको छ ।

निर्वाचन आयोगका अनुसार आगामी निर्वाचन, मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रका विषयमा दलहरूसँग छलफल गर्न सर्वदलिय बैठक गर्न लागेको हो ।

आयोगले नेकपाका दुवै पक्ष, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, साझा पार्टी, नेकपा (माले), नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी, नेपाली जनता दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी र नेपाल परिवार दललाई पत्र पठाएर निर्वाचन हेर्ने दुई–दुई जना प्रतिनिधि पठाइदिन आग्रह गरेकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गर्नुभएको थियो ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतवार १५:३६