सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आइतबार दिउँसो शितल निवास जानुभएको हो ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको भेटमा भएको कुराकानीबारे भने केही खुलेको छैन । प्रधानमन्त्रीले समसामयिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्ने परम्परा छ ।

तर, पछिल्लो समय ओलीले आफू संकटमा परेको बेला राष्ट्रपति भण्डारीसँग बाक्लो भेट्ने गर्नुभएको छ । उहाँमाथि आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई प्रयोग गर्ने गरेको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतवार १५:३३