बाँके । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहतर्फका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले दिनेशचन्द्र यादव र प्रविण थापा मगरको घरमा पुगेर परिवारलाई समवेदना दिएका छन् । यादव नेकपाका केन्द्रीय सदस्य हुन् भने प्रविण युवा संघ बाँकेका पूर्व अध्यक्ष डम्बर थापा मगरका छोरा हुन् ।
पूर्वमन्त्री, संविधानसभा सदस्य तथा भूमि सम्बन्धी समस्या समाधान आयोगका सदस्य दिनेशचन्द्र यादवको बिहीबार कोरोना संक्रमणका कारण निधन भएको थियो भने प्रविणको शुक्रबार हत्या भएको थियो । प्रविण राष्ट्रिय अनुसन्धान विभागमा सहायक सूचकका रुपमा कार्यरत थिए ।
नेकपा प्रचण्ड–नेपाल समुहतर्फका अध्यक्ष नेपालसहित केन्द्रीय नेताहरु नारायणकाजी श्रेष्ठ, युवराज ज्ञवाली, बर्षमान पुन, ओनसरी घर्ती लगायतका केन्द्रीय नेताहरुले निधन भएका दिनेशचन्द्र यादव र प्रविण थापा मगरको घरमा पुगेर परिवारसँग भेटघाट गरी समवेदना व्यक्त गरेको नेकपा बाँकेका नेता रत्न खत्रीले जानकारी दिए ।


।