सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकाका ५० वटै राज्यमा कडा सुरक्षा व्यवस्था

वासिङ्गटन । अमेरिकामा नव निर्वाचित राष्ट्रपति जो बाइडेनले सपथ ग्रहण गर्ने दिन नजिकिँदै गर्दा त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ । राजधानी वासिङ्गटन डिसीसहित ५० वटै राज्यमा कडा सुरक्षा व्यवस्था गरिएको हो ।

बाइडेनले अगामी बुधबार सपथ ग्रहण गर्दैछन् । केही दिनअघि राष्ट्रपति ट्रम्प समर्थकहरुले संसद भवन क्यापिटोल हिलमा हिंस्रक आक्रमण गरेपछि त्यहाँ सत्ता हस्तान्तरणका क्रममा थप हिंसा भड्किन सक्ने अनुमानमा ठूलो संख्यामा नेशनल सेक्युरिटी गार्ड परिचालन गरिएको हो ।

अमेरिकी संघीय अनुसन्धान ब्यूरो एफबीआइले समेत सुरक्षा खतरा रहेको प्रतिवेदन सार्वजनिक गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको अधिकारीहरुले जनाएका छन् । एफबीआईले बाइडेनको सपथग्रहण अघि सबैजसो राज्यमा हतियारसहित प्रदर्शन हुनसक्ने सूचना प्राप्त भएको बताएको थियो ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतवार ११:२३