सूचनाको शक्ति - The Power Of Information

        

आजको राशिफल : मेषलाई उत्साह, मीनलाई चिन्ता

२०७७ माघ ४ गते, आइतवार, १७ जनवरी २०२१ । पौष शुक्लपक्ष, चतुर्थी तिथि (९ः२१ बजेदेखि पञ्चमी) । शतभिषा नक्षत्र (७ः४३ बजेदेखि पूर्वभाद्रपदा) । चन्द्रराशि– कुम्भ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । चल(अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । कर्मयोगले भविष्यको बाटो समाउनेछ । प्रतीक्षा गरिएको काम बन्न सक्छ । सेवामूलक कामबाट उपलब्धि हातलागी हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कीर्तिमानी काम गर्ने समय छ । मिहिनेतले सफलता दिलाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अप्ठ्यारो परिस्थितिमा पनि अवसर आउनेछ । तर ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला । परिस्थितिवश चिताएको काममा समस्या आउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । जीवनशैली व्यस्त रहे पनि कम महत्त्वका काममा समय दिनुपर्ला । चिताएका काममा बाधा पुग्न सक्छ । जीवनशैलीमा सुधार ल्याउन आवश्यक देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । काममा ढिलासुस्ती हुन सक्छ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुपर्नेछ । अप्रिय समाचारले मन खिन्न बनाउला । अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

छोटो समयमा मनग्गे फाइदा हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । परिवारजनको साथले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ । आम्दानी राम्रो भए पनि अरूका लागि खर्च बढ्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

केही दौडधुप गर्नु परे पनि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । दिगो काममा जग बसाउने मौका छ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ । समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । हल्लाको पछि लाग्दा दुःख पाइनेछ भने मिहिनेतको प्रतिफल न्यून पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

तत्कालको सामान्य फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ, वादविवादमा अघि नसर्नुहोला । साझेदारीमा मतभेद देखा पर्नाले समस्या आउन सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सहयोग जुट्नेछ । योजना गोप्य रहँदा फाइदा हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ । स्रोत(साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ । स्रोत(साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । पारिवारिक जमघटले आनन्द दिलाउनेछ । मिहिनेतले आत्मविश्वास बढाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । परिवारजनबाट टाढिनुपर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतवार ०८:५८